FAQs Complain Problems

सूचना तथा समाचार

अस्थाई बसोबास सिफारिस

आवश्यक पर्ने कागजातहरु: 

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम 

२) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 

३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र 

४) घरबहाल कर तिरेका रसिद

५) घरबहालको सम्झौता पत्र

 

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 

२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने 

३) निवेदन दर्ता गर्ने 

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने 

५) निवेदकले तोकिएको शुल्क बुझाउने 

६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

 

सेवा प्रदान गर्ने अधिकारी :  वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव,  सम्बन्धित फाँटका कर्मचारी

लाग्ने दस्तुर. रु ५०० 

लाग्ने समय: सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र 

आर्थिक वर्ष:

//